काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २१ सय एक जनाको पीसीआर परीक्षण गर्दा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या दुई लाख ७६ हजार आठ सय ३९ पुगेको छ । नेपालमा अहिले १२ सय ८२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप ९५ जना संक्रमण मुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार पाँच सय ३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार २७ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्