प्रधानन्यायाधीशमा सिफारिस जबराको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि

प्रधानन्यायाधीशमा सिफारिस जबराको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि

काठमाडौं : संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गर्ने भएको छ।

संघीय संसदको संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक परिषदको सिफारिस समितिमा आएको र सोही अनुसार जबराको सुनुवाइ प्रक्रिया थालिने जानकारी दिए। सुनुवाइ प्रक्रिया सुरु गर्न समितिको बैठक आइतबार बिहान ११ बजे बोलाइएको छ।

संवैधानिक परिषदको बैठकले मंसिर २७ गते बिहीबार सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। सुनुवाइ समितिले जबराविरुद्ध सार्वजनिक उजुरी आह्वान गर्नेछ, त्यसपछि सुनुवाइ हुनेछ।

पुनरावेदन र सर्वोच्च अदालतमा रहेका बेला जबराले गरेका फैसलाका कारण उनको आलोचना हुने गरेको छ। यसअघि संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई अश्वीकार गरेको थियो।

जोशीलाई सुनुवाइ समितिमा दिएको जवाफमा सन्तुष्ट हुन नसकेको, शैक्षिक कागजातमा आशंका रहेको र विभिन्न विवादित फैसलाका गरेको भन्दै सुनुवाइ समितिले बहुमतका आधारमा प्रधानन्यायाधीशमा अश्वीकार गरेको थियो।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका छन्।

प्रकाशित मिति : आइतबार, पुष १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij