काठमाडौं :नेपालमा कोरोना संक्रमण फेरि ह्वातै बढेको छ। पछिल्लो २४ घन्टामा देशभर २ सय ६६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा आज २ सय ६६ जना नयाँ संक्रमित भेटिएका हुन्।
यस्तै, आज ४ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन्। भने १ सय २ जनाले संक्रमणलाई जितेर घर फर्किएका छन्। हाल देशभर ६४ जना क्वारेन्टाइनमा रहेको बताइएको छ। हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेको बताइएको छ।
यसअघि, चैत २२ गते १ सय ७६ जना, २१ गते १ सय २८ , २० गते १ सय ७९ जना संक्रमित भेटिएका थिए।
प्रकाशित मिति : सोमबार, चैत्र २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्