आजबाट लगाइँदै चिनियाँ खोप‚ कहाँ कहाँ छन् खोप केन्द्र ?

आजबाट लगाइँदै चिनियाँ खोप‚ कहाँ कहाँ छन् खोप केन्द्र ?

काठमाडौं – चीनबाट ल्याइएको कोभिड-१९ विरुद्धको खोप आज (बुधबार) देखि लगाइने भएको छ । सरकारले चीनबाट अनुदानमा ल्याइएको सिनोफार्म खोप आपत्कालीन प्रयोगका लागि भएको जनाएको छ ।

खोप लगाउन निवेदन दिएका संघसंस्था र यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने व्यक्तिलाई पनि खोप लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै खोप लगाउने व्यक्ति र समूहको प्राथमिकीकरणसमेत गरिसकेको छ । २३ वटा खोपकेन्द्रबाट खोप लगाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले १८ देखि ५९ वर्ष समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि व्यापारी, फलफूल व्यापारी, तरकारी व्यापारीलगायतलाई खोप लगाउने निर्णय गरेको छ ।

कहाँ कहाँ छन् खोप केन्द्र ?

सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली,  नेपाल मेडिकल कलेज अत्तरखेल‚ निजामती कर्मचारी अस्पताल मिनभवन, राष्ट्रय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा खोप केन्द्र तोकेको छ ।

यसैगरी वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु, काठमाडौं मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी, नेपाल प्रहरी अस्पताल पानीपोखरी ।

भक्तपुर अस्पताल, ओम अस्पताल चाबहिल, भक्तपुर नेपाल कोरियामैत्री अस्पताल ठिमी, क्षेत्रपाटी नि:शुल्क चिकित्सालय क्षेत्रपाटी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन ।

धुलिखेल अस्पताल काभ्रे, त्रिशुली अस्पताल नुवाकोट, किस्ट मेडिकल कलेज ललितपुर, आनन्दवन अस्पताल ललितपुर, बाह्रविसे अस्पताल सिन्धुपाल्चोक र रसुवा जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij