काठमाडौं – विश्वको सबैभन्दा धनी व्यक्तिहरुको सूचीको पहिलो स्थानमा यस वर्ष पनि अमेजनका मालिक जेफ बेजोस परेका छन् । फोर्ब्सले सार्वजनिक गरेको सन् २०२१ का लागि विश्वका सबैभन्दा धनीको सूचीमा उनी पहिलो स्थानमा परेका हुन् । उनको सम्पत्ती १७७ बिलियन अमेरिकी डलर पुगेको फोब्र्सले जनाएको छ । यो सूचीमा गत वर्ष पनि उनी पहिलो स्थानमै थिए ।
सूचीको दोस्रो स्थानमा स्पेस एक्स र कार उत्पादक कम्पनी टेस्लाका मालिक एलन मस्क परेका छन् । उनको सम्पत्ती १५१ विलियन डलर छ । सूचीको तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन् । माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन् भने फेसबुक संस्थापक मार्क जुकरबर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा छन् ।
सूचीको छैटौं स्थानमा वारेन बफेट, सातौंमा ल्यारी एलिसन, आठौंमा गुगलका मालिक ल्यारी पेज, गुगलकै सर्जी ब्रिन नवौं र भारतीय धनाढ्य मुकेश अम्बानी ८४.४ बिलियन डलरसहित दशौं स्थानमा परेका छन् ।
नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति भने १.४ बिलियन डलरमा स्थिर देखिएको छ । तर, उनको स्थान गत वर्षको भन्दा खस्किएको छ । गत वर्ष उनी विश्वका धनी मध्ये १५१३ स्थानमा रहेकोमा यसपाली २ हजार १ सय ४१ औं स्थानमा परेका छन् ।
३५ वर्षदेखि फोब्र्सले विश्वका धनाढ्यहरुको सूचि प्रकाशित गर्दै आएको छ । यो वर्ष प्रकाशित गरेको ३५ औं सूचीमा ४९३ जना नयाँ अर्बपति थपिएका छन् । ती मध्ये २१० जना चीन र हङकङका छन् ।
प्रकाशित मिति : बिहिबार, चैत्र २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्