काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पार्टीबाट निष्कासन गरेको छ । माओवादी केन्द्र छाडी अर्को पार्टीको गतिविधिमा संलग्न भएको भन्दै थापालाई पार्टीले निष्कासन गरेको हो ।
यसका साथै माओवादी केन्द्रले उनको सांसद पदसमेत खोसेको छ । माओवादी केन्द्रले गृहमन्त्री थापालाई पार्टी छाडी अन्य दलको गतिविधिमा संलग्न भएको भन्दै संसद पद त्याग गरेको सूचना संसद सचिवायलमा दर्ता गराएको हो ।
संसद् सचिवालयमा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले थापाले दल त्याग गरेको सूचना दर्ता गराएका हुन् ।
यसका साथै राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि स्पष्टीकरण सोधिएको छ । थापा र खड्का दुवै राष्ट्रिय सभामा माओवादी केन्द्रबाट सांसद बनेका थिए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्