JanataToday.com

Advertisment

SKIP THIS

सैनामैनामा बन्दै पहिलो शित भण्डारण गृह

सैनामैनामा बन्दै पहिलो शित भण्डारण गृह

 

सैनामैना-सैनामैना नगरपालिकाका कृषिलाई टेवा पुर्याउने उद्धेश्यले कृषि बजार पुर्वधार निर्माण अन्तरगतको शित भण्डारण गृहको निमार्ण सुरु भएको छ ।
सैनामैना वार्ड नं ३ मा निर्माण हुने शित भण्डारको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले शिलान्यस गरेका हुन।
शिलायन्स गर्दै नगर प्रमुख कार्कीले कृषकहरुलाई सहज र सुबिधा पुर्याउने उद्धेश्यले शित भण्डार निर्माण सुरु गरिएको बताए ।
सैनामैनामा कृषिलाई उच्च प्राथमिकतामा राखेर बिभिन्न योजनाहरु कार्यान्वयन गर्दै आएको बताए । सैनामैनामा किसानलाई लक्ष्ति गरी ११ वटै वडामा कृषि पाठशाला संचालन भएको तथा सयौको संख्यामा हाते टेक्टर बितरण गरिएको बताउदै प्रमुख कार्कीले किसानहरुलाई समय समयमा अनुदानमा बिउ बिजन समेत उपलब्द गराउदै आएको बताए । समृद्ध सैनामैना निर्माणका लागी हरेक प्रकारका योजनाहरु सैनामैनामा निर्माणको क्रममा रहेको नगर प्रमुख कार्कीको भनाई थियो ।
२३ मिटर लम्बाई, १५ मिटर चौडाई र ४८ मिटर उचाई रहेको उक्त भवनका पुर्ण बन्द प्रबिधिको हुने सैनामैनाका प्राबिधिक प्रदिप गिरीले बताए ।
रु ६५ लाख ५१ हजारमा श्री लक्ष्मी एण्ड सुजल निर्माण सेवाले यो बर्ष पहिलो चरणको सिविल वर्क को काम सम्पन्न गर्ने छ ।
२०७७ चैत ९ गते ठेक्का सम्झौता भएको उक्त योजनाको २०७८ असार १५ सम्ममा निर्माण सम्पन्न हुने छ ।
१ करोड ९६ लाख लागत अनुमान गरिएको उक्त शित भण्डार निर्माणको हाल पहिलो चरणको काम हुने छ । इलेक्ट्रीकल, मेकानिकल र रेफ्रीरेशनको काम भने दोस्रो चरणमा सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा एमालेका जिल्ला सदस्य नर बहादुर घर्ती मगर, नेपाली काग्रेसका जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्मा, माओवादीका मन बहादुर महत ,गाउ नगर कृषक समुहका शेर बहादुर केसी लगायतले बोल्नु भएको थियो । कार्यक्रम सैनामैनाका कार्यापालिका सदस्य सबिता भुषाल भण्डारीको अध्यक्षतामा तथा सैनामैैनाका कर्माचारी लक्ष्मी खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : आइतबार, चैत्र २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij