विद्यालय बन्द गर्ने/नगर्नेबारे निर्णय लिँदै मन्त्रालय

विद्यालय बन्द गर्ने/नगर्नेबारे निर्णय लिँदै मन्त्रालय

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गर्ने/नगर्ने विषयमा छलफलका लागि सरोकारवालालाई बोलाएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कोभिड संक्रमण बढेको भन्दै स्कुल अनलाइन सञ्चालन गर्न सुझाब दिएपछि मन्त्रालयले आज सरोकारवालासँग छलफल गर्न लागेको हो ।

बिहान ८ बजेपछि हुने छलफलमा महानगरपालिकाका प्रतिनिधि, अभिभावक संघ, प्याब्सन, एन प्याब्सनलगायतलाई बोलाइएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । छलफलबाट संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सुझाव लिइनेछ ।

सीसीएमसीको बैठकले संक्रमणको दर बढ्दै गएको र विद्यालय उमेर समूहका व्यक्तिमा बढी संक्रमण देखिएकोले विद्यालय केही दिन बन्द गरी अनलाइन कक्षा सञ्चालनका लागि प्रस्ताव गरिएको थियो । तर प्याब्सनले विज्ञप्ति निकालेर विद्यालय बन्द नगर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : सोमबार, चैत्र ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij