कांग्रेसले सदस्यताको विवरण केन्द्रमा बुझाउने म्याद पुनः थप्दै

कांग्रेसले सदस्यताको विवरण केन्द्रमा बुझाउने म्याद पुनः थप्दै

काठमाडौं – नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्ने तयारी गरेको छ ।

यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो समयावधि पुनः थप्नुपर्ने बाध्यता देखिएको छ ।

हालको कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि यही चैत ३० गतेसम्म तोकिएको छ । आइतबार साँझसम्म नयाँ र नवीरकण गरी करिब साढे पाँच लाख क्रियाशील सदस्यता मात्र पार्टीको वेभसाइटमा अपलोड भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । यसमा विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण भने समावेश छैन । त्यस्तै पाँच जिल्लाको क्रियाशील सदस्यता सम्पूर्ण विवरण नै अपलोड हुन बाँकी छ ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको अनौपचारिक बैठकमा पनि क्रियाशील सदस्यता विवरण बुझाउने म्याद कम्तीमा १० दिन थप्नुपर्ने सम्बन्धमा छलफल भएको बताइएको छ । कांग्रेसले आसन्न महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफलमा गर्न केन्द्रीय समिति बैठक सोमबार बोलाएको छ ।

कांग्रेसको १३औँ महाधिवेशनमा करिब चार लाख ९० हजार क्रियाशील सदस्यता रहेकामा आसन्न १४औँ महाधिवेशनसम्म शतप्रतिशत थपेर दोब्बर पु¥याउने लक्ष्य रहेको उनले जानकारी दिए । कांग्रेसले क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित बनाउन सबै जिल्ला कार्य समितिलाई पार्टीको वेभसाइटमा अपलोड गर्ने व्यवस्था गरेको छ । कांग्रेसको नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २०० छ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क रु ३०० रहेको छ ।

कांग्रेसले पार्टीको गाउँ/नगर वडा अधिवेशन विसं २०७८ असार २० गते, गाउँ/नगरपालिका अधिवेशन आगामी असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार २७ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij