बुटवल-रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले राज्यले तय गरेका नीतिहरुको पालना गर्ने र गराउने विषयमा आफुले कुनै पनि प्रकारको संझौता नगर्ने बताउनु भएको छ ।
उहाले राज्यका नीति र ऐन कानुन मिच्ने वा पालना नगर्ने व्यक्ति र समुह सधै निगरानीमा रहने उल्लेख गर्दै निति र ऐनको पालना नगर्नेहरु कै कारण मुलुकमा शान्ति सुरक्षामा समस्याहरु आउने गरेको बुझाई रहेको बताउनु भयो । उहाँले भन्नु भयो–मलाई कसैबाट पनि राज्यका नीति नियम विपरित गलत रुपमा प्रयोग गर्ने प्रयास नहोस र म पनि इमान वेचेर कुनै काम गर्ने छैन ।
नव वर्ष २०७८ को पूर्व सन्ध्यामा मंगलवार रुपन्देही व्यापार संघमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा उहाले सो धारणा व्यक्त गर्नु भएको हो । सो अवसरमा रुपन्देहीमा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी सान्तोङ तामाङलाई संघकातर्फबाट स्वागत तथा सम्मान गरिएको थियो ।
प्रजिअ तामाङले जिल्लामा रहदाँसम्म सबैको सहयोग र सबैसंगको सहकार्यमा यस क्षेत्रको समस्या समाधानमा दिनरात खट्ने प्रतिवद्ध व्यक्त गर्दै उद्योगी व्यवसायीहरुको सकारात्म सहयोगको अपेक्षा आफुले राखेको बताउनु भयो । उहाले आफ्नो काम नागरिक र राज्यवीचको समन्वय गर्ने रहेको उल्लेख गर्दै वजारमा देखिने अराजकता र अनियमिता नियन्त्रण गर्दा प्रसासन र व्यापारीवीच द्वन्द्व हुन सक्ने हुदाँ गलत कामलाई व्यापारीहरुले स्थान दिने काम नगर्न आग्रह गर्नु भयो ।
आफुले निश्चित योजना बनाएर काम अगाडी बढाएको जानकारी गराउँदै सिमा व्यवस्थापन, भन्सारमा नियन्त्रण प्रणालीको सुदृढीकरण र वजारको नियमनको विषयमा कुनै संझौताहिन कदम चालिने प्रजिअ तामाङको भनाई थियो ।
कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले नेपालको अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनको लागि निजी क्षेत्रको भूमिकालाई कसैले पनि नजर अन्दाज गर्न नसक्ने बताउदै राज्यका नीतिहरुमा रहेका समस्यालाई समाधान गर्दै जानु पर्ने धारणा राख्नु भयो । उहाले कोरोनाका कारण थला परेको व्यापार व्यवसायलाई फेरी दोस्रो चरणको कोरोना लहरले चिन्तित बनाउने त्रास बढेको उल्लेख गर्दै व्यवसाय सञ्चालन सैलीमा परिर्वतन गर्न सुझाव दिनु भयो ।
बुवल उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष टंकप्रसाद पराजुलीले नागरिक स्तरको काममा प्रसासनले कुनै प्रकारको झमेला हुने अवस्था आउने दिन नहुने बताउनु भयो ।
संघका अध्यक्ष यमलाल लोहनीले २०७७ साल उद्योगी व्यवसायीहरुको लागि निकै नै कष्टकर रहेको उल्लेख गर्दै नया बर्ष २०७८ साल उत्साहाजनक बन्ने आशा व्यक्त गर्नु भयो । उहाँले फेरी पनि कोरोना कहरका कारण समस्या बढेर जाने संकेत देखिएको हुदाँ सबै सचेत र संयम बनेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नु भयो ।
संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद घिमिरेको स्वागत र महासचिव दयानिधि भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन संघका प्रथम उपाध्यक्ष दिल्ली भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, सल्लाहकार, वस्तुगत समितिका संयोजकहरु तथा कर्मचारीको सहभागिता रहेको थियो ।
सोही अवसरमा संघ र कस्मेटीक तथा गिफ्ट उपसमितिद्वारा प्रकाशन गरिएको भित्ते क्यालेण्डर कार्यक्रमका प्रमुख अतिथि प्रजिअ तामाङले सार्वजनिक गर्नु भएको थियो । क्यालेण्डर प्रकाशनका लागि संघका कार्यसमिति सहसचिव नामदेव पाण्डेको संयोजकत्वमा भित्ते क्यालेण्डर प्रकाशन समिति गठन गरिएको थियो ।
प्रकाशित मिति : मंगलबार, चैत्र ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्