कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन शुरु हुँदै, मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन शुरु हुँदै, मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

काठमाडौं – कर्णाली प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन आजबाट शुरु हुँदैछ ।

हिउँदे अधिवेशनको पहिलो दिन आजै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।

यसअघि उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को ९२० बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरिसकेका छन् ।

त्यहाँ नेकपा एमालेले नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपरेको हो ।

एमाले संसदीय दलको बैठकले यही चैत ५ गतेदेखि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सो समयसीमा सकिने अन्तिम दिन आज उनले विश्वासको मत लिदैछन्।

विश्वासको मत पाउन नसके शाहीको मुख्यमन्त्री पद गुम्नेछ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij