प्रधानमन्त्रीद्धारा बालुवाटारमा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्रीद्धारा बालुवाटारमा सर्वदलीय बैठक आह्वान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक बोलाइएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संसद्मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरिएको बताए ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायतका समसामयिक विषयमा छलफल हुने सल्लाहकार थापाले जानकारी दिए ।

पछिल्ला केही दिनयता प्रदेश सरकारहरू अस्थिर बन्न लागिरेको र नेकपा (माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तीन दिनभित्र फिर्ता लिने तयारी गरेको भनेकै भोलिपल्टै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सर्वदलीय बैठकको निमन्त्रणा दिन प्रधानमन्त्री ओली आफंैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि टेलिफोन गरेका थिए ।

प्रकाशित मिति : शनिबार, बैशाख ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij