काठमाडौं -नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको छ ।
मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ ।
नयाँ सरकार गठनका लागी कसरत गरिरहेको माओबादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताइएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्