अध्ययन भन्छ- डबल मास्क बढी प्रभावकारी

अध्ययन भन्छ- डबल मास्क बढी प्रभावकारी

काठमाडौं – एउटा नयाँ अध्ययन अनुसार डबल माक्स वा फेस मास्क लगाउँदा कोभिड संक्रमित ब्यक्तिको थुकको छिटा वा थोपा छान्ने क्षमता लगभग दोब्बर हुन्छ । यसबाट संक्रामक भाइरसलाई नाक तथा मुख सम्म पुग्नबाट रोक्न सकिन्छ ।

यूएनसी स्कूल फर मेडिसिनका संक्रामक रोग सम्बन्धि एसोसिएट प्रोफेसर तथा अध्ययनकर्ता एमिली सिकबर्ट (बेनेट)काअनुसार चिकित्सकीय प्रयोजनका लागि बनाइएको मास्कमा छान्ने क्षमता तुलनात्मक रुपमा राम्रो हुन्छ । यद्यपि हामी जसरी लापरवाहीपूर्वक मुखमा  मास्क लगाउँछौ त्यो सहि र सुरक्षित हुँदैन।

जेएएमए इन्टरनल मेडिसिनमा प्रकाशित अध्ययनकाे निष्कर्षअनुसार प्रत्येक व्यक्तिको अनुहारको आकार प्रकार अलग-अलग किसिमको हुन्छ । यस्तोमा अनुहारमा मास्क ठिक ढंगले फिट भएन भने त्यसको प्रभावकारिता नै प्रभावित हुन्छ ।

यद्यपि जब मास्क अनुहारमा सही ढंगले लगाइन्छ तब यो कोभिड-१९ को संक्रमणबिरुद्ध लगभग ६० प्रतिशतसम्म प्रभावकारी हुन्छ । यसक्रममा कपडाको मास्क लगभग ४० प्रतिशत सम्म प्रभावकारी हुने बताइएको छ।

डबल मास्कसम्बन्धि यो अनुसन्धानको निष्कर्षबाट के बुझ्न सकिन्छ भने  जब सर्जिकल मास्कभन्दा माथि कपडाको  मास्क लगाइन्छ तब त्यसको क्षमतामा २० प्रतिशतसम्म सुधार आउँछ । यदि माक्स सही ढंगले लगाइएको छ भने त्यो थप प्रभावकारी हुन्छ ।

सिकबर्ट बेनेट भन्छन् (माक्स सहि ढंगले लगाउन जरुरी छ ।  कोविड-१९बाट जोगिन  मास्क अनिवार्य छ। त्यसमाथि अरूसँग कुराकानी गर्दा डबल मास्क नाक र मुख राम्रोसँग छोपिने गरि लगाउनु उपयुक्त हुन्छ ।

डबल माक्स लगाउँदा सर्जिकल मास्क माथि कपडाको मास्क लगाउनुपर्छ । यसक्रममा कपडाको मास्कले सर्जिकल मास्कलाई चारैतिरबाट राम्रोसँग छोपेको हुनुपर्छ ।

प्रकाश नछिर्ने मास्क ठीक हुन्छ । मास्क संक्रमणविरुद्ध कति प्रभावकारी छ त्यसको जाँच घर बसिबसी गर्न सकिन्छ । त्यसका लागि मास्कलाई  प्रकाशको स्रोतको तल राख्नु पर्छ । यदि माक्सबाट प्रकाश वार-पार भएन भने बुझ्नु पर्छ त्यो सुरक्षित छ।

के नगर्ने

–सर्जिकल मास्क एकमाथि अर्को गरि डबल नलगाउने ।
– सर्जिकल मास्क माथिबाट कपडाको गुणस्तरीय मास्क लगाउने ।
–फिल्टर, भल्भ वा दुलो भएको मास्क लगाउनु हुँदैन

प्रकाशित मिति : बुधबार, बैशाख ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij