काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५ सय ५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।
९ हजार ६६४ जनाको पिसिआर परीक्षणमा २ हजार ५५९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पाँच जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १ सय २२ पुगेको छ ।
हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ७२४ पुगेको छ भने देशभर ४१० जना संक्रमित निको भई घर फर्किएका छन् । योसँगै कूल २ लाख ७६ हजार ५७५ संक्रमित निको भइसकेका छन् ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्