सोमबार थप ३५५६ जनामा कोरोना‚ १२ को मृत्यु

सोमबार थप ३५५६ जनामा कोरोना‚ १२ को मृत्यु

काठमाडौं – नेपालमा सोमबार थप तीन हजार ५५६ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार चार सय पिसिआर परीक्षणका क्रममा ३४ सय ४२ र ८९३ वटा एन्टिजेन परीक्षणका क्रममा ११४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार १७६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप ३७८ जना कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७७ हजार ९५१ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २२ हजार ४३४ सक्रिय संक्रमित आइशोलेसनमा र ६५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २४ लाख १७ हजार ४१७ वटा पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij