काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ९७० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ । पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्