शुद्धोधन गाउँपालिकाले नि:शुल्क स्वाब परिक्षण गरिदिने,पालिका प्रमुख चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइने

शुद्धोधन गाउँपालिकाले नि:शुल्क स्वाब परिक्षण गरिदिने,पालिका प्रमुख चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइने

फर्साटिकर -रुपन्देहीको शुद्धोधन गाउँपालिकाले कोरोना सक्रमितहरुको र मृतकको सङ्ख्या बढ्न थालेपछि कन्ट्याक ट्रेसिङ्गमा परेका सर्वसाधारणका लागि चिकित्सकहरु पालिकाभर खटाइ नि:शुल्क पिसिआर परिक्षण र औंषधी सहित आवश्यक परामर्श दिने भएको छ।गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै कोभिड १९ को रोकथाम एंव नियन्त्रणका लागि विभिन्न योजनाहरु सार्वजनिक गरेको थियो ।
गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले चढ्दै आएको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिइने भएको छ । अध्यक्ष चौधरीले बा २ झ ३४ ४४ नम्बरको गाडी चढ्दै आउनु भएको थियो। अबबाट सर्बसाधारणको उपचारका लागि प्रयोग हुने गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो ।
गाउँपालिकाबाट कोरोना बिरामी देशको जुनसुकै हस्पिटल जान परेमा एम्बुलेन्स र भाडाको गाडीको नियम अनुसारको खर्च पालिकाले ब्यहोर्ने प्रवक्ता राजेन्द्र कडेलले बताउनुभयो ।यस्तै कोरोनाको कारणले मृत्युु भएमा शवको ब्यवस्थापनमा हुने खर्च पालिकाले व्यहोर्ने कडेलले बताउनुभयो ।
५ बेडमा सञ्चालन भैराखेको मोतिपुर अस्थायी कोरोना अस्पताललाई स्तरउन्नती गरि १० बेडको रुपमा सञ्चालन गरिएको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.मदन केसिले बताउनुभयो ।
अस्थायी कोरोना अस्पतालमा ४ वटा अक्सिजन सिलिन्डर रहेको कोरोनाका बिरामिलाइ २४ सै घन्टा सेवा दिइरहेको पनि डा केसिले जानकारी दिनुभएको छ। अस्थायी कोरोना अस्पतालमा अहिलेसम्म २ जना सक्रमित सक्रमणमुक्त भै घर फर्किएका,२ जना बुटवल पठाइएको,२ जना जनाको अस्पतालमा उपचार भएको र एक जनाको अस्थायी अस्पतालमै मृत्युु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिपिन भण्डारीले जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीले कोरोनाको सक्रमण गाउँपालिकामा बढिरहेको जटिल परिस्थितिमा जोखिमको प्रवाह नगरी जनस्वास्थ्यमा खटिने स्वास्थ्यकर्मीलाई धन्यवाद दिदै कोरोना नियन्त्रणका लागि सचेत र सजक रहन सबै पालिकाबासिलाई आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij