संसद्‌मा पार्टीको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

संसद्‌मा पार्टीको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । यही बैशाख २७ गतेको विशेष अधिवेशनमा पार्टीको तयारीलगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो ।

बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ । प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो । प्रतिनिधिसभाको बैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij