विश्व रेडक्रस दिवसको सन्दर्भमा नियमित रक्तदान, ७० युनिट रगत संकलन

विश्व रेडक्रस दिवसको सन्दर्भमा नियमित रक्तदान, ७० युनिट रगत संकलन

बुटवल -विश्व रेडक्रस दिवसको सन्दर्भमा ९८ औं नियमित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ।३ दिनदेखि देखि चलेको रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको छ ।कार्यक्रम नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखा र नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा रुपन्देहीको संयुक्त आयोजनामा भएको हो।कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशको स्वास्थ तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले भर्चुअल माध्यम (जुम ) को प्रयोग गरेर,सबैलाई विश्व रेडक्रस दिवसको शुभकामना दिए।स्वयंसेवी रक्तदाता नै स्वस्थ रक्तदाता हुन्छन,तपाइहरुको योगदानले बुटवलमा रगत तथा रक्ततत्त्वको सहज आपूर्ति सम्भव भएको हो,भन्दै प्रशंसा गरे।विषम परिस्थितिमा सुरक्षा मापदण्डअनुसार रक्तदान अभियानको नेतृत्व लिई कार्यक्रम गर्नुहुन उनले सुझाव दिए।त्यसैगरी नेपाल रेडक्रस सोसाईटि रुपन्देही जिल्ला शाखाका सभापति प्रेमलाल उदासले रेडक्रसको ईतिहास जानकारी गराउँदै समाजमा रेडक्रसको भुमिका स्पष्ट पारेका थिए।कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाजको अध्यक्ष कृष्ण चौहानको अध्यक्षता,सह कोषाध्यक्ष दिपेन्द्र भण्डारीको संयोजन र महासचिव उदयराज भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : शनिबार, बैशाख २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij