काठमाडौं – मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । बैठकले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अधिवेशन आजै राति १२ बजेबाट अन्त्य हुँदैछ ।
अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
प्रधानमन्त्री ओली आज विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त भएका छन् । अब यसपछिको राजनीतिक दृश्य के हुन सक्छ भन्ने विषय चासोको विषय बनेको छ ।
प्रधानमन्त्री ओली भने मन्त्रिपरिषद् बैठक सम्पन्न गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्