बाँकेमा थप १२ कोरोना सङ्क्रमितको मृत्यु

बाँकेमा थप १२ कोरोना सङ्क्रमितको मृत्यु

बाँके – काेराेनाकाे दाेस्राे लहरले धेरै प्रभाव पारेकाे बाँकेम जिल्लामा गएराति मात्रै थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएकाे छ । ज्यान गुमाउनेहरुमा बाँकेका ५ जना, बर्दियाका ६ जना र रुकुमका एक जना रहेका जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।

भेरी अस्पताल नेपालगञ्जमा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जना र एक जनाको होम आइसोलेसनमै ज्यान गएको हो । बाँकेमा अहिलेसम्म जिल्ला भित्रका एक सय ९६ जना र जिल्ला बाहिरका एक सय ४८ जना गरी तीन सय ४४ जना कोरोना संक्रमतिको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij