बुटवलमा थप ६ संक्रमितको मृत्यु

बुटवलमा थप ६ संक्रमितको मृत्यु

बुटवल-कोरोनाका कारण बुटवलमा उपचाररत ६ जनाको मृत्यु भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ५ पुरुष र १ महिलाको मृत्यु भएको हो ।

आज मृत्यु हुनेमा तानसेन १४ का ३८ वर्षिय पुरुष रहेका छन् उनको मंगरबार राती ११ बजे मृत्यु भएको थियो ।उनीहरुले आईसीयु र एचडीयू बेड कुर्दाकुदै  ज्यान गुमाउनुपरेको हाे ।

त्यस्तै सैनामैना ७ रुपन्देहीका ३५ वर्षीय पुरुषको मंगलबार साँझ ६ः३५ बजे, बैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल ११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५ः३३ बजे मृत्यु भएको थियो । मंगलबार नै लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा पुगेकी तिलोत्तमा ६ की ७० वर्षीया महिलाको आज बिहान ७ः५२ मा मृत्यु भएको र बैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि आज बिहान ५ः५२ बजे मृत्यु भएका अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले  बताए ।

मंगलबार नै सिकिस्त अवस्थामा इमर्जेन्सीमा ल्याईएका बुटवल ६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पुर्याए लगत्तै मंगरलर राती ७ बजे मृत्यु भएको उनले बताए ।

 

182908293_2548144422162168_7824229718749518807_n.jpg

प्रकाशित मिति : बुधबार, बैशाख २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij