काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच वार्ता सुरु भएको हो ।
शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ । नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो ।
उक्त सहमति कार्यान्वयनको प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्ने सहमति भएको थियो । कार्यदलका सदस्यहरु ओली र नेपालले टुंगो लगाउँदैछन् ।
प्रकाशित मिति : आइतबार, जेष्ठ २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्