विपक्षी दलको सामूहिक बैठक बस्दै, देउवाको पक्षमा १४० सांसदको हस्ताक्षर

विपक्षी दलको सामूहिक बैठक बस्दै, देउवाको पक्षमा १४० सांसदको हस्ताक्षर

काठमाडौँ – नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालत जाने तयारी गरिरहेका विपक्षी दलका नेताहरु सामूहिक छलफल गर्दैछन् । बैठक केहीबेरमा संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरु हुने नेताहरुले जानकारी दिएका छन् ।

यसअघि नेपाली कांग्रेस माओवादी केन्द्र, जसपाको भट्टराई यादव पक्ष तथा एमालेको नेपाल–खनाल पक्षका सांसदहरुले छुट्टाछुट्टै हस्ताक्षर गरी नेताहरुलाई बुझाएका छन् । आ—आफ्ना दल तथा पक्षका सांसदको हस्ताक्षर बोकेर नेताहरु नयाँ बानेश्वर पुग्ने क्रम चलिरहेको छ । यो बैठकपछि उनीहरु सर्वोच्च अदालत जाने तयारीमा छन् ।

माओवादी केन्द्रका नेता देव गुरुङ्गले सकेसम्म आजै सर्वोच्चमा रिट दर्ता गर्ने तयारी भइरहेको मकालु खबरलाई जानकारी दिए । आज नभ्याए भोलि रिट दर्ता गर्ने दलहरुको तयारी छ । यसका लागि उनीहरुले रिट तयार गर्ने, कानूनविद्हरुसँग छलफल गर्नेलगायत काम गरिसकिएको जनाएका छन् ।

देउवाको पक्षमा बहुमत सांसदको समर्थन रहेकाले देउवालाई प्रधानमन्त्री बनाउनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसको परीक्षण नै नगरी बहुमतको आधार प्रस्तुत नभएको भन्दै दाबी खारेज गर्नु असंवैधानिक भन्ने उनीहरुको दाबी छ ।

यसैबीच देउवासँग यसअघि दाबी गरिएको जस्तो १४९ सांसदको समर्थन भने नपुग्ने भएको छ । एमालेको नेपाल खनाल पक्षबाट २८ जना सांसदको समर्थन रहेको भनिएपनि आज १९ जना सांसदले मात्र हस्ताक्षर गरेका छन् । यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादीको ४९, विपक्षी एमालेको २८, जनता समाजवादी पार्टीको १२ र राष्ट्रिय जनमोर्चाको १ गरी १४९ सांसद थिए ।

यससँगै देउवाको पक्षमा १४० जना सांसदको समर्थन पुगेको छ । संसदको बहुमतका लागि १३६ जना सांसदको समर्थन चाहिन्छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij