राष्ट्रपतिद्वारा विवादमै रहेको नागरिकतासम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा विवादमै रहेको नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । अध्यादेशमा रहेका केही प्रावधान विवादमै रहे पनि राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्तिमा सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको जनाएको छ ।

विशेषगरी जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन र उसको साथ पाउनकै लागि प्रधानमन्त्रीको दबाबमा मन्त्रीपरिषद्को बैठकले जेठ ६ गते राष्ट्रपतिसमक्ष अध्यादेश पेस गरेको थियो । अध्यादेशमा ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने उल्लेख छ ।

त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाको नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दुई वर्षदेखि प्रतिनिधिसभामै विचाराधीन छ ।

संसद् सञ्चालन हुँदा टुङ्गोमा नपुगेको यो विषयलाई सरकारले अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको छ । जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने प्रावधानमा स्वयं एमाले र माओवादी केन्द्रले आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij