काेराेना सङ्क्रमणबाट थप १ सय ९३ जनाकाे ज्यान गयाे, ७ हजार नाै सय १४ सङ्क्रमित थपिए

काेराेना सङ्क्रमणबाट थप १ सय ९३ जनाकाे ज्यान गयाे, ७ हजार नाै सय १४ सङ्क्रमित थपिए

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रमणबाट थप सय ९३ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार तीन सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार नौ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १८ हजार नौ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ९८ जना र नौ सय ६१ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा काेराेना पुष्टि हुनेकाे सङ्ख्या पाँच लाख १३ हजार दुई सय ४१ पुगेकाे छ ।

आज सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार आठ सय २१ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६४ जना निको भएका छन् । याेसँगै निकाे हुने सङ्ख्या तीन लाख ९१ हजार तीन सय ४८ पुगेकाे छ ।

अहिले नेपालमा एक लाख १५ हजार पाँच सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij