विपक्षी गठबन्धन भोलि मात्र सर्वोच्च जाने, सांसद संख्या बढेको दाबी

विपक्षी गठबन्धन भोलि मात्र सर्वोच्च जाने, सांसद संख्या बढेको दाबी

काठमाडौं : संसद विघाटनविरुद्ध विपक्षी गठबन्धन भोलिमात्र सर्वोच्च अदालतमा रिट लिएर जाने भएको छ।आइतबार तयारी नपुगेका कारण भोलि (सोमबार) मात्र अदालत जाने नेपाली कांग्रेस की सचेतक पुष्पा भुषालले जानकारी दिइन्। माधव नेपाल पक्षका सांसदहरूको हस्ताक्षर नजुटेको र अन्य तयारी पनि नपुगेकाले भोलि बिहान १० बजे मात्र अदालत जाने निर्णय भएको उनले बताइन्।

संसद भवनबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयारी नपुगेका कारण आफूहरू भौतिक रूपमै भोलि बिहान अदालतमा उपस्थित भएर रिट दायर गर्ने बताए।

उनले माधव नेपाल पक्षका सांसद घटेको भन्ने कुरा गलत रहेको भन्दै १४९ बाट संख्या बढेको दाबी गरे। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि रिटको मस्यौदा तयार भएको तर सबै तयारी नपुगेकाले अदालतमा भोलि जाने निर्णय भएको बताए।

विपक्षी गठबन्धन परमादेश मार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा जाने तयारीमा जुटेको छ। देउवाको पक्षमा हस्ताक्षर गरेर सांसदलाई आज नागरिकता सहित उपस्थित हुन हिजै निर्देशन दिइएको थियो।

प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij