अदालतसमक्ष विपक्षीका माग : संसद पुनर्स्थापना र प्रधानमन्त्रीमा देउवाको नियुक्ति

अदालतसमक्ष विपक्षीका माग : संसद पुनर्स्थापना र प्रधानमन्त्रीमा देउवाको नियुक्ति

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका १ सय ४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका सांसदले उपस्थित भएर रिट दायर गरेका हुन्।

रिटमा मुख्यरुपमा संसद पुनस्र्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तीको माग गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

‘१ सय ४६ सांसदले आफैं उपस्थित भएर रिट दायर गर्नुभएको छ’, सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता लेखकले भने, ‘हामीले मुख्यगरी दुईवटा माग राखेका छौं, पहिलो संविधानसम्मत बहुमत सदस्यको समर्थन रहेका कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई प्रधानमन्त्रीमा नियुक्ती र दोस्रो असंवैधानिक तरिकाले गरिएको संसद विघटन पुनर्स्थापना।’

कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले नेपाल समूहका २३ र जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले रिट दायर गरेका हुन्। नेकपा एमालेको माधव नेपाल पक्षका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले रिटमा हस्ताक्षर गरेनन्।

प्रकाशित मिति : सोमबार, जेष्ठ १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij