प्रतिनिधि सभा विघटन संविधानको मर्म विपरित भएको प्राध्यापक संघको ठहर

प्रतिनिधि सभा विघटन संविधानको मर्म विपरित भएको प्राध्यापक संघको ठहर

बुटवल– प्रतिनिधीसभा पुर्नस्थापना गरेको पूर्ण पाठ नआउँदै दोस्रो पटक प्रतिनिधि सभा विघटन गरिएको घटनालाई नेपाल प्राध्यापक संघले संविधानको मर्म विपरित भएको ठहर गरेको छ । संघले अदालतको मानहानी हुनेगरी प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु आफैमा गम्भीर त्रुटि र भत्सर्नायोग्य रहेको पनि स्पष्ट पारेको छ । नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा. डा. बुद्ध बहादुर थापाले जारी गरेको वक्तव्यमा प्रतिनिधि सभाको विघटनसहितका पछिल्ला केही राजनीतिक घटनाक्रमले संविधानको मूल मर्म, आशय र प्रावधानहरुमानै प्रतिकूल प्रभाव पारेको उल्लेख छ । वक्तव्यमा लेखिएको छ, “नेपालकोे राजनीतिक स्थिरताका खातिर व्यक्त भएका सबै आन्दोलनहरु र त्यसैको सापेक्षतामा रहेर निर्माण भएको नेपालको संविधान–२०७२ प्रति हामी सबैको आस्था, भरोसा, सम्मान र योगदान रहेको छ । तर पछिल्ला केही घटनाबाट संविधान क्रमशः कमजोर हुँदै जाने र प्राप्त उपलब्धीहरु गुम्न गई राजनीतिक अस्थिरता झनै बढेर जाने होकी ? भन्ने यस संघको बुझाई र चिन्ताको विषय रहेको छ ।” संविधानको रक्षा, संवैधानिक भावना अनुरुप त्यसको सहज कार्यान्वयन र कोभिड–१९ को नियन्त्रण गर्नु नै अहिलेको प्रमुख प्राथमिकता हुनुपर्ने प्राध्यापक संघको ठहर छ । महंगो मध्यावधी निर्वाचन नगरेर यसमा लाग्ने खरबौँ रकमबाट खोपको सहज पहुँच पु¥याउँदै सातै प्रदेशहरुमा अस्पतालको निर्माण गरी महामारीको विरुद्ध उभिनुनै अहिलेको प्रमुख दायित्व भएको संघले सुझाएको छ । नागरिकहरुलाई समयमै खोप लगाउने विषयमा राज्यले विलम्ब गरिरहेकोप्रति असन्तुष्टि जनाउदै संघले विश्वविद्यालय, सामुदायिक क्याम्पसहरु र विद्यालयहरुका प्राध्यापक, शिक्षक–विद्यार्थी लगायतलाई खोपको प्राथमिकतामा नपारेकैकाले यस क्षेत्रमा संक्रमित र दिवंगत हुनेहरुको संख्या बढेको दावी गरेको छ । स्वास्थ्य र शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राखेर त्यसमा नागरिकहरुको सर्वशुलभ ढंगबाट पहुँच पु¥याइनु पर्छ भन्ने संघले उठाउँदै आएको वक्तव्यमा स्मरण गराइएको छ । महामारीको दोस्रो लहर नेपालमा भित्रिदै छ भन्ने संकेत छिमेकी मुलुक भारतमा भएको दर्दनाक अवस्थाबाट पाउदा पाउदै पनि समयमानै हाम्रा नाकामा र मुलुक भित्र उपयुक्त व्यवस्थापन गर्न नसक्नु गम्भीर कमजोरी र लापर्वाही भएको संघले आरोप लगाएको छ । विषेश गरेर सरकार एक आपसी आन्तरिक कलह, ठुलाठुला आमसभा र आरोप प्रत्यारोपमा रमाउँदै राजनीतिक शक्ति संघर्षको फोहोरी खेलमा व्यस्त भएको तर राजनीतिक नेतृत्वमा मानवीय संवेदना र जनउत्तरदायित्वको भावना नदेखिएको प्राध्यापक संघका अध्यक्ष थापाद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij