बुटवलमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु

बुटवलमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु

बुटवल । कालिका मानवज्ञान माविको आयोजनामा आठौ जिल्ला स्तरीय अन्तर मावि छात्र भलिवल प्रतियोगिता शुरु भएको छ ।

साविकको कालिका माविको स्वर्ण महोत्सवको अवसर पारेर शुरु गरिएको भलिवल प्रतियोगिताको आठौ संस्करणको खेल विद्यालयको खेल मैदान रामनगरमा मंगलबारदेखि शुरु भएको छ ।
उद्घाटन खेलमा नयाँगाउँ माविले कालिका मानवज्ञान माविको बि समुहलाई २–१ को सेटमा पराजित गरेको छ ।

त्यसैगरी दोश्रो खेलमा २–० को सोझो सेटमा क्यानन बोर्डिंग स्कूलले सिद्धार्थ गौतम बुद्ध क्याम्पसलाई हराएको छ ।

तेश्रो खेलमा सिद्धार्थ बोर्डिंग स्कूलले २–० को सोझो सेटमा जनजागृति माविलाई हराएको छ ।

चौथो खेल कान्ति मावि र कुँवरवर्ती मावि विच हुने निर्धारण भएकोमा निर्धारित समयमा कुँवरवर्ती बोर्डिंग स्कूल अनुपस्थित रहेपछि बाइ पाएर कान्ति मावि दोश्रो चरणमा प्रवेश गरेको छ ।

बाँकी १२ वटा विद्यालय विच पहिलो चरणका खेलहरु बुधवार हुने विद्यालयका खेल संयोजक राजु भुसालले जनाएका छन् ।

त्यसैगरी विद्यालयको ५८ औ वार्षिकोत्सवको अवसरमा विद्यालयमा कब्ड्डी, दौड, सटपुट, ज्वावलिंग थ्रो खेलहरु र विभिन्न साहित्यिक प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

प्रकाशित मिति : मंगलबार, पुष ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij