बुटवल । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा रुपन्देहीमा सम्पन्न प्रथम प्रदेश नं. ५ स्तरीय मुख्यमन्त्री कप तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ मा बुटवल ब्याडमिन्टन क्लबले बर्चश्च कायम गरेको छ ।
बुटवलले प्रदेशस्तरीय मेन्स डबल्स भेटान्स ४५ माथि, प्रदेश मेन्स सिगल र प्रदेश मेन्स डबल्समा उपाधि हात पारेको हो ।
त्यस्तै खुल्ला तर्फको मेन्स डबल्समा पोखराका विदान अधिकारी र विशाल बस्नेतले उपाधि हात पारेको हो ।
अधिकारी र बस्नेतको जोडीले बुटवलका गणेश रायमाझी र विश्वास नेपालको जोडीलाई फाईनल खेलमा पराजित गर्दै उपाधि हात पारेका हुन ।
उपाधिसंग उनिहरु नगद ५० हजार, कप, प्रमाणपत्र र मेडलबाट पुरस्कृत भएका छन । उपविजेतामा भित्त बुझाएको नेपाल र रायमाझीको जोडी नगद ३० हजार, कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएको छन ।
यसैगरी नेपाल पुलिसका विष्णु कटुवाल र अनिस श्रेष्ठ तथा पोखराका विशाल खड्का र सुमन लिम्बु तृतिय स्थान हासिल गर्दै जनही नगद २० हजार, कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएका छन ।
प्रतियोगिताको मेन्स डबल्स भेटान्समा बुटवलका गणेश चन्द र श्याम पराजुलीको जोडीले उपाधि हात पारेको छन ।
उपाधिसंगै जोडीले नगद ३० हजार, कप, प्रमाणपत्र र मेडल तथा उपविजेता बनेको बुटवलकै ध्रुव बिक्रम शाह र विरेन्द्र सिह बिष्टको जोडी नगद २० हजार, कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएका छन ।
प्रतियोगितामा भैरहवाका कृष्ण राना र धिरज क्ष्ँेत्री तथा पाल्पाका महेश बज्राचार्य र मिन गुरुङ्गको जोडी तृतिय स्थान हासिल गर्दै १० हजार, कप, प्रमाणपत्र र मेडलबाट पुरस्कृत भएका छन ।
प्रदेशस्तरीय मेन्स सिगलतर्फको खेलमा बुटवलका गणेश रायमाझीले नेपालगंजका ईरफान अन्सारीलाई पराजित गर्दै उपाधि हात पारेका हुन ।
उपाधिसंगै रायमाझीले नगद ३० हजार, कप, प्रमाणपत्र र मेडलबाट पुरस्कृत भएका छन ।
भने उपविजेता ईरफान नगद २० हजार, कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भएका छन ।
यसैगरि नेपालगंजका बिलाल वारसी र रियाज अन्सारी तृतिय हुदै जनही नगद १० हजार, कप, प्रमाणपत्र र मेडलबाट पुरस्कृत भएका छन ।
यसैगरी प्रदेशस्तरीय मेन्स डबल्सतर्फको खेलमा बुटवलका गणेश रायमाझी र विश्वास नेपालले बुटवलकै दिप आर्चाय र पंकज ज्ञवालीको जोडीलाई पराजित गर्दै उपाधि हात पारेका हुन ।
उपाधिसंगै जोडीले नगद ५० हजार, कप, प्रमाणपत्र र मेडलबाट पुरस्कृत भएका छन । उपविजेता आचार्य र ज्ञवालीको जोडी नगद ३० हजार, कप, प्रमाणपत्र, मेडलमा चित्त बुझाएका छन ।
प्रतियोगितामा नेपालगंजका ईरफान अन्सारी र सरोज अन्सारीको जोडी तथा विलाल बारसी र रियाज अन्सारीको जोडी तृतिय हुदै जनही नगद २० हजार, कप, प्रमाणपत्र र मेडलबाट पुरस्कृत भएका छन ।
एक समारोहका बिच प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुर्दशन बराल, क्लबका अध्यक्ष रमेश बहादुर थापा, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, क्लबका सचिव शम्भु भट्टराई, कार्यक्रम संयोजक नलराज नेपालले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।
प्रकाशित मिति : मंगलबार, पुष ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्