तिलोत्तमा -नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको आयोजना एवम् जागृति युवा क्लबको संयोजनमा तिलोत्तमा २ मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोभिड १९ को महामारीका कारण रगत तथा रक्ततत्व अभाव हुन नदिने उद्धेश्यले आयोजित उक्त कार्यक्रममा २ जना कोरोना जितेका युवाको प्लाज्मा रगत सँगै १०१ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत अभाव हुन नदिन आफ्नो संस्था जिल्लादेखि नगर तहसम्म निरन्तर लागिरहेको बताए ।
कोभिड १९ का कारण समुदायस्तरमा रक्तदान कार्यक्रम विगतको तुलनामा न्यून गतिमा भएकाले यस्तो समयमा जागृति युवा क्लब र तिलोत्तमा नगरका युवाले रक्ततत्व अभाव हुन नदिनलाई लागि परेको भन्दै क्लबको प्रशंसा गरे।
अर्का अतिथि नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखा का सभापति एवम् शिक्षाविद् टेकबहादुर थापाले बोल्दै यस विषम परिस्थितिमा समेत संस्थाले मानव जीवन रक्षार्थ अहोरात्र रगतको क्षेत्रमा खटेको भन्दै प्रशंसा गरे ।
बुटवल ब्लड बैंक र भैरहवा ब्लड बैंकको प्राविधिक सहयोगमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम गरिएको हो । रक्तदाता समाजको तिलोत्तमा नगर शाखा गठन पछि यो पहिलो कार्यक्रम गरेसँगै नियमित मासिक रक्तदान श्रृङ्खला सन्चालन गर्ने उद्धेश्य रहेको शाखाका अध्यक्ष गोविन्द भुसालले बताए ।
ए। आई। पौडेल ट्रेडर्स योगिकुटीद्वारा प्रायोजित कार्यक्रम जागृति युवा क्लबका अध्यक्ष विदुर के। सी। को संयोजकत्व समाजका उपाध्यक्ष पुर्णचन्द्र सुवेदीको स्वागत तथा समाजका सचिव प्रेम नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्