एमालेले बाेलायाे स्थायी कमिटी बैठक, स्पष्टीकरण नदिने थप १२ नेतालाई कारबाहीबारे छलफल हुने

एमालेले बाेलायाे स्थायी कमिटी बैठक, स्पष्टीकरण नदिने थप १२ नेतालाई कारबाहीबारे छलफल हुने

Pdfn] :yfoL sld6Lsf] a}7s sf7df8f}F, !) h]7 M g]skf -Pdfn]_ sf] ;f]daf/ k|wfgdGqL lgjf; afn'jf6f/df ePsf] :yfoL sld6Lsf] a}7sdf k|wfgdGqL Pj+ kf6L{sf cWoIf s]kL zdf{ cf]nL / g]tfx? . t:jL/ ;f}hGo M k|wfgdGqLsf] lghL ;lrjfno÷ /f;;

काठमाण्डौ – नेकपा एमालेले आज (आइतवार) स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजेका लागि बैठक बोलाइएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
आजको बैठकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने थप १२ जना नेतालाई थप कारबाहीबारे छलफल गरेर निर्णय हुन सक्ने नेताहरूले बताएका छन् ।

यसअघि एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने ११ जना सांसदलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै १२ सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण सोध्ने निर्णय गरेको केही दिनपछि मात्रै एमालेले थप १२ जनालाई स्पष्टीकरण पत्र पठाएको थियो ।

स्पष्टीकरण पठाइरहनुपर्ने आवश्यकता नरहेको भन्दै १२ जनाले नै अहिलेसम्म स्पष्टीकरण बुझाएका छैनन् । विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको थियो ।

यसैबीच बैठकमा शनिवार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि उनीहरूले विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij