काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको इलिमिनेटर राउण्डमा आज भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्दै छ ।
टियु क्रिकेट मैदानमा आज एक बजे हुने प्रतिस्पर्धामा दुबै टिम जितको खोजिमा हुने छन् । लिगमा तेस्रो भैरहवा र चौथो चितवन हुदै प्लेअफमा पुगेका थिए ।
लिग राउण्डमा भने चितवन भैरहवासँग १२ रनले पराजित भएको थियो । भैरहवा त्यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा रहेको छ । यता, चितवन भने बदला लिने लक्ष्यमा छ ।
विजेता टिम दोस्रो क्वालिफयर राउण्डमा प्रवेश गर्ने छ । दोस्रो क्वालिफायर राउण्डमा काठमाडौं किंग्ससँग प्रतिस्पर्धा गर्दै फाइनल प्रवेश यी दुई टिमले गर्ने छन् ।
काठमाडौंलाई एक विकेटले पराजित गर्दै ललितपुर प्याट्रिएटस भने ईपीएलको फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रकाशित मिति : बुधबार, पुष ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्