काठमाडौं – नेपाली बजारमा आज सुन चार सय रुपैयाँले बढेको छ । सुन आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्