काठमाडौं – विश्वकप तथा एसियन कप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भयो ।
जोर्डनको जितमा बाहा फाइजल सिफले दुई र याजन अल अरबले एक गोल गरे । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई लडाएपछि पाएको पेनाल्टीमार्फत खेलको २४ औं मिनेटमा जोर्डनले गोलको सुरुवात गरेको थियो ।
त्यसपछि ४९ औं मिनेटमा बाहा फाइजलले र ६७ औं मिनेटमा याजनले गोल गरे । यसअघि गएको अक्टोबरमा पहिलो चरणको खेलमा घरेलु मैदानमा पनि जोर्डनले नेपाललाई ३–० गोलले नै हराएको थियो ।
हारसँगै नेपालको विश्वकप छनोटको सम्भावना सकिएको छ । एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने आशा भने कायमै रहेको छ । एसियन कपको तेस्रो चरणमा पुग्न नेपालले आउँदो शुक्रवार अष्ट्रेलियासँगको खेले जित्नैपर्ने दवाब छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्