काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख नाघेको छ । चौबीस घण्टामा थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएसँगै पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या १७ हजार ७१४ पुगेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भइ निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ८५ दशमलव ७ प्रतिशत रहेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण नेपालमा थप ५९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ८ हजार २ सय ३८ पुगेको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्