काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारेको छिनोफानो आज (शनिबार) हुँदैछ । शुक्रबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले बहुमतको सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकोमा सोका लागि दावी गर्दै विपक्षी गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सदस्य राजीव गुरुङसहित ३१ सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेका छन् ।
नियमअनुसार प्रदेशप्रमुख पौडेलले आज तीन बजेअघि नै नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुखले नयाँ मुख्यमन्त्रीको लागि बहुमतसहित दाबी गर्न समय दिएका हुन् । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले साथ नदिए पनि स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङले विपक्षीलाई साथ दिएपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन बहुमत पुगेको हो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्