स्ट्रोङ्गगेष्ट क्योकुशिन कराते संघमा रोक्का

स्ट्रोङ्गगेष्ट क्योकुशिन कराते संघमा रोक्का

भैरहवा । नेपाल स्ट्रोङ्गगेष्ट क्योकुशिन कराते संघ रुपन्देही जिल्ला कार्यसमितिको साधारण भेला बुधबार भैरहवामा सम्पन्न भएको छ ।

भेलाले संजीव रोक्काको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा दिनेश गुरुङ, सचिवमा कोशिष बहादुर खड्का, सह–सचिवमा भोजराज क्षेत्री (पाण्डे), कोषाध्यक्षमा प्रविन थापा र सह–कोषाध्यक्षमा राजेश यादव रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मोहन गुरुङ, लोकमान गुरुङ, शनम थापा, लक्ष्मी मल्ल ठकुरी, दिपेन्द्र मल्ल, रनिदास गोर्खाली र मनोरञ्जन शर्मा(प्रचारप्रसार समिति संयोजक) रहेका छन् ।

त्यसै गरी सल्लाहकारमा विश्व प्रकाश श्रेष्ठ, सोम बहादुर गुरुङ, मनिष कुमार जोशी, आदर्श प्रधान, मोहन भट्टराई, सोम गुरुङ र ई.चन्द्रभक्त श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगम सिंह थापाले भेलाबाट चयन भएको कार्यसमितिले कराते खेलको विकासको लागि काम गर्ने विश्वास गरे । उनले क्योकुशिन संघले राष्ट्रिय खेलाडी उत्पादन गर्नुपर्ने बताए ।

त्यस्तै नेपाल स्ट्रोङ्गगेष्ट क्योकुशिन कराते संघ रुपन्देहीका अध्यक्ष संजीव रोक्काले खेलकुदले शारीरिक तथा मानसिक विकासमा योगदान पु¥याउनुका साथै अनुशासिन समेत बनाउने बताए । उनले खेलकुद क्षेत्रको विकासलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

नेपाल स्ट्रोङ्गगेष्ट क्योकुशिन कराते संघ रुपन्देहीका सल्लाहकार मनिष कुमार जोशीले खेलकुद क्षेत्रलाई महत्वका साथ अगाडी बढाउनुपर्ने बताए ।

लुम्बिनी क्योकुशिन कराते संघका संस्थापक तथा प्रमुख प्रशिक्षक विश्व प्रकाश श्रेष्ठको अध्यक्षता तथा कोशिष बहादुर खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : बुधबार, पुष ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij