काठमाडाैं – नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने सहमति भएको छ। शनिबार बसेको कांग्रेस पदााधिकारीको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरि कार्यतालिका हेरफेर गर्ने सहमति गरेको हो । महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने साझा प्रस्ताव तय गरिएको र यसलाई अनुमोदनका लागि केन्द्रीय समितिमा पेस गरिने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।
महाधिवेशन यसअघि भदौ ७ देखि १० गतेसम्म गर्ने तय गरिएको थियो। तालिका अनुसारका काम भइनरहेकाे र काेराेनाकाे महामारीलगायत कारणले ताेकिएकाे समयमा महाधिवेशन हुनेमा शंका उत्पन्न भइरहेका बेला महाधिवेशनकाे मिति ९ दिन सार्ने सहमति गरिएको हो ।
बैठकले क्रियाशील सदस्यता छानबिन २० असारसम्म गरिसक्ने र २४ असारमा क्रियाशील सार्वजनिक गर्ने र वडा तहको अधिवेशन साउन ६ गतेबाट सुरु गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्