JanataToday.com

Advertisment

SKIP THIS

नेपालले एसिया कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्नुनपर्ने

नेपालले एसिया कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्नुनपर्ने

काठमाडौं – नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप फुटबल प्रतियोगितामा छनोटका लागि प्लेअफ खेल्न नपर्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ नियम अनुसार नेपालले अब एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्नेछ ।

विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेल सकिएपछि एएफसीले बुधबार एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्ने टिमको नाम सार्वजनिक गरेको छ ।

एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहका शीर्ष ८ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिमसंगै आयोजक चीन सिधै एसिया कपका लागि छनोट भएका छन् ।

त्यसबाहेक छनोट खेलमा दोस्रो हुने ३ टिम, तेस्रो हुने र चौथो हुने ८-८ टिम अनि पाँचौ हुनेध्ये उत्कृष्ट ३ टिम गरी २२ टिमले एसिया कपको तेस्रो चरणको छनोट खेल खेल्नेछन् । यसअघि चौथो हुने ८ मध्ये उत्कृष्ट ४ टिममात्रै तेस्रो चरणमा छनोट हुने र बाँकीले प्लेअफ खेल्ने एएफसीको नियम थियो ।

एसिया कप छनोटका लागि कुल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । अब दोस्रो चरणको छनोटमा अन्तिम हुने ४ टिमले प्लेअफ खेल्नेछन् र त्यसबाट शीर्ष दुई टिम तेस्रो चरणको छनोटमा पुग्नेछन् ।

प्रकाशित मिति : बुधबार, असार २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij