विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना

विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भागनजिक मनसुनी न्यून चापीय रेखाका कारण अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार बुधबार बिहान देशभर सामान्य मौसम बदली रही गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र प्रदेश १, प्रदेश २ ,बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।

दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षाको सम्भावना छ । महाशाखाका अनुसार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : बुधबार, असार ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij