काठमाडौँ । विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनविरूद्ध जनपरिचालनको कार्यक्रम अगाडि बढाउने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बसेको बैठकले जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको हो ।
नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरूङले कोभिड संक्रमण कम भइरहेको र बाढीपहिरो पनि रोकिएको अवस्था रहेकोले अब सडक संघर्षमा जाने विषयमा छलफल भएको बताए । लोकतन्त्र रक्षाका लागि सडक संघर्षमा जानुपरेको उनको तर्क छ ।
संघर्षका कार्यक्रम बनाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, एमाले नेता भीम रावल, माओवादी केन्द्रका नेता देव गुरूङ र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल नै बनाइएको छ ।
बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा स्वास्थ्य मापदण्डको पालना गर्दै जनपरिचालनका कार्यक्रम ल्याउने निर्णय गरेको हो । यसअघि मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको हस्तक्षेप, दबाब, धम्की र संकीर्ण स्वार्थका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको बताएको थियो ।
५ विद्यार्थी संगठनको प्रदर्शन आजै
सरकारविरूद्ध ५ विद्यार्थी संगठन आन्दोलनमा उत्रने भएका छन् । सरकारले असंवैधानिक काम गरेको भन्दै उनीहरू संयुक्त रूपमा आन्दोलनमा उत्रन लागेका हुन् ।

प्रकाशित मिति : बिहिबार, असार १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्