बुटवल ।
रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्ने भएका छन् । सोमबार बसेको डिसिएमसीको बैठकले जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको साहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।
‘अन्तर जिल्लामा चल्ने सवारी साधन चल्न पाउने छैन्’ पाण्डेले भने‘ जिल्ला भित्र सबै सार्वजनिक यातायात भने जोर–विजोर प्रणालीका आधारमा चल्न पाउने छन् ।’
असार ८ गतेदेखि नीजि सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिए पनि सार्वजनिक यातायातलाई सञ्चालन गर्न रोक लगाइएको थियो ।
प्रकाशित मिति : सोमबार, असार १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्