प्रजनन् अधिकारको रक्षा गर्न संयुक्त राष्ट्रसंघको आग्रह

प्रजनन् अधिकारको रक्षा गर्न संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै देशहरुलाई नागरिकको प्रजनन अधिकारको रक्षाको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । विश्व जनसंख्या दिवसको अवसर पारेर उनले सो कुरा बताएका हुन् । हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ ।

उनले विश्व जनसंख्या दिवसका अवसरमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । अहिले विश्वमा कोरोना भाइरसको महामारी जारी रहेको र यस्तो अवस्थामा आफ्नो पेशा र रोजगारी गुमाएका महिलाहरुदेखि दिएर महामारीका कारण भएको लकडाउनका कारण घरैमा बसेका महिलाहरु पनि घरेलु हिंसाको चपेटामा परिरहेको अवस्थाको मध्यनजर गर्दै महिला अधिकारको रक्षाको काममा लाग्न पनि उनले आग्रह गरेका छन् ।

यस महामारीका कारण अरु क्षेत्रमा परेको प्रभाव जस्तै महिलाको प्रजनन अधिकारको पनि रक्षा गर्नुपर्नेमा जोड दिँदै उनले यस विषयमा ध्यान दिन सबैलाई आग्रह गरे। अहिलेसम्मको तथ्यांकलाई हेर्दा विश्वमा कोभिड १९को महामारीका कारण कम्तीमा पनि ४ करोड ७० लाख महिला गरिबीतर्फ धकेलिएका छन् । उनीहरुले महामारीका कारण भएको लकडाउन तथा आफ्नो रोजगारी गुमाउनु परेका कारण यस्तो समस्यामा परेको उनले बताए ।

त्यसैगरी विश्वका विभिन्न देशहरुमा जारी रहेको लकडाउनका कारण विश्वका ठूलो संख्याका बालिकाहरु विद्यालय जानबाट वञ्चित भएका र उनीहरु अब लकडाउन खुलेपनि विद्यालय नजाने अवस्थामा पुगेका पनि राष्ट्रसंघीय महासचिव गुटरेसको सो सन्देशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : सोमबार, असार २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij