सर्वोच्चको निर्णयको स्वागतमा बुटवलमा दिप प्रज्वलन

सर्वोच्चको निर्णयको स्वागतमा बुटवलमा दिप प्रज्वलन

बुटवल-सर्वोच्चले गरेको प्रतिनिधि सभा पुनःस्थापनाको निर्णयको स्वागत गर्दै बुटवलमा दिप प्रज्वलन गरीएको छ । सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीद्धार विघटित प्रतिनिधि सभाको पुर्नस्थापना गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाइ नियुक्त गर्न राष्ट्रपति कार्यालयलाइ परमादेश जारी गरेको थियो ।
सर्वोच्चको सोही निर्णयको स्वागत गर्दै विपक्षी गठबन्धले रुपन्देही बुटवलको ट्राफिक चोकमा दीप प्रज्वलन गरेका हुन । नेपाली काँग्रेस, माओवादी केन्द्र,जनता समाजबादी पार्टी,राष्ट्रिय जनमोर्चाका नेताहरुले सर्बोच्चको फैसलालाइ स्वागत गर्दै दिप प्रज्वलन गरे ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदिय दलका नेता कुलप्रसाद केसीले सर्वोच्च अदालतको निर्णयले प्रतिगमन परास्त भएको बताए । केपि ओलीको अहंकार र सर्बसत्ताबादी चरित्रकै कारण मुलुक अस्थिरता तर्फ धकेलिन खोजेको उनले बताए । ओली प्रबृत्ति देश र जनताकालागि कति घातक रहेछ भन्ने पुष्टि भइसकेकाले अव उनी बढारीने दावी नेता केसीले गरे ।
नेपाली काँग्रेसका प्रदेश सांसद तथा लुम्बिनी प्रदेशसभाको सार्बजनिक लेखा समिति सभापती डिल्ली चौधरीले सर्वोच्च अदालतले संविधान,संसद र लोकतान्त्रिक प्रजातन्त्रको रक्षा गरेको बताए । ओलीको प्रतिगमन,निरकुंशता र सर्बसत्ताबादलाइ परास्त गरीदिएको भन्दै उनले न्यायप्रतिको जनताको विश्वासलाइ समेत सार्वोच्च अदालतले कायम राखेको बताए । जनता सामाजवादी पार्टी लुम्बिनीका सचिव यज्ञ पोख्रेलले संविधानको रक्षा गर्दै केपी ओलीको प्रतिगमनलाइ सर्वोच्चले परास्त गरीदिएको बताए । उनले प्रधानमन्त्री ओलीले मात्रै नभइ नैतिकताको आधारमा राष्ट्रपति बिद्यादेवि भण्डारीले पनि तत्काल राजीनामा दिनु पर्ने बताए । राप्रपा रुपन्देहीका जिल्ला सचिव तानबहादुर जिसीले पनि ओलीको प्रीतगमन केही सच्चिएपनि चुनौतीहरु अझै बाँकी रहेको भन्दै सबै दलहरु एक ठाँउमा उभिनु पर्ने बताए ।
प्रतिनिधि सभा पुनःस्थापना गर्दै नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवालाइ प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाइ सर्वोच्चले जारी गरेको परमादेशको स्वागत गर्दै नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले रुपन्देहीकै शंकरनगरमा दिप प्रज्वलन गरे ।

प्रकाशित मिति : सोमबार, असार २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij