भाेलिलाई सारियाे कांगेस पदाधिकारी बैठक

भाेलिलाई सारियाे कांगेस पदाधिकारी बैठक

काठमाडौं – नेपाली काँग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्ताको कारण आज दिउँसो बोलाइएको बैठक भोलि सम्मका लागि स्गति गरिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

देउवाले पार्टीका शीर्षस्थ नेतासँग सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाएका हुन् । भोलि बस्ने बैठकले केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति केही समय सार्न लागिएको बुझिएको छ ।

मंगलबार प्रधानमन्त्रीको सपथ लिएर देउवाले काँग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री समेटेका छन् । २५ सदस्यीय मन्त्रिमण्डलमा १७ मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राखेका छन् । गठबन्धन र पार्टीभित्र सन्तुलन मिलाएर मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी छ ।

प्रकाशित मिति : बिहिबार, असार ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij