साउन १५ गतेभित्र चीनबाट ३२ लाख खोप आउँदै

साउन १५ गतेभित्र चीनबाट ३२ लाख खोप आउँदै

कोभिसिल्डको दोस्रो डोज पनि केहि दिनमै लगाउन पाइने

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहि १५ गतेभित्रै चीनबाट ३२ लाख डोज भेरोसेल खोप नेपाल आइसक्ने बताएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

विज्ञप्तिमार्फत चीनबाट ३२ लाख डोज आउन लागेको जनाउँदै आफ्नो पालो पर्खन अनुरोध गरेको छ । यसअघि चीनबाट २८ लाख खोप आइसकेको छ । चीन सरकारले १८ लाख खोप अनुदानमा दिएको छ भने १० लाख खोप खरीद गरेर ल्याइएको छ । शुक्रबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले १६ लाख डोज खोप अनुदानमा दिन लागिएको जानकारी दिएकी छिन् ।

त्यसबाहेक नेपाल सरकारले खरीद गरेको खोप आउन लागेको हो । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी ६ साउनदेखि चीनबाट खोप आउन लागेको जनाएको छ । १५ साउनभित्र ३२ लाख डोज खोप आउन लागेको स्वास्थ्य मन्त्रालयका सहयाक प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिए ।

facebook sharing buttonShare
messenger sharing buttonShare

प्रकाशित मिति : शनिबार, साउन २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij