आगामी तीन दिनको मौसम देशभर मौसममा बदली

आगामी तीन दिनको मौसम देशभर मौसममा बदली

काठमाडौं – आगामी तीन दिन देशका विभिन्न भेगमा पानी पर्ने र केही भेगमा भीषण वर्षा हुने सम्भावना रहेको छ ।

आज (आइतबार) बिहान देशभर मौसम बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो पनि मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै‚ सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ ।

राति देशभर मौसम सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । साथै‚ सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार सोमबार पनि मौसम बदली रही पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

मंगलबार पनि देशभर मौसम बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, साउन ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij